नेपालको धान-संस्कृति, उत्पादन र खाद्य सुरक्षाका चुनौतीहरू



नेपालको धान-संस्कृति प्रत्येक वर्ष असार १५ को सेरोफेरोमा नेपालमा धानको महत्व, यसको उत्पादन र अर्थतन्त्रमा धानको भूमिका बारेमा धेरै छलफल हुन्छ । हुन पनि नेपाली जनजीवन र संस्कृतिसँग धान परापूर्वकालदेखि नै जोडिएको छ । जन्मदेखि मरणसम्म विभिन्न चरणहरूमा र चाडपर्वहरूमा महत्वपूर्ण हुनुका साथै अधिकांश नेपालीहरूको पहिलो रोजाइको मुख्य खाना भात नै हो । यस परिप्रेक्ष्यमा केवल असार १५ मा मात्रै नभएर धानखेती र उत्पादन बारेमा वर्षभरि नै गम्भीररूपमा लागेर ठोस सकारात्मक कदमहरू चाल्न जरुरी छ ।

https://ehimalayatimes.com/2023/06/131848/